काठमाडौंः सिंगापुर पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई आइतबार दिउँसो महानगरीय अपराध महाशाखाको टोलीले सिनामंगल, एयरपोर्टबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–४ बुद्धचोक स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने जनोज लामिछाने भन्ने विशाल दर्जी रहेको महाशाखाले जनाएको छ ।

पक्राउ परेका दर्जीले सिंगापुर पठाईदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी ३ लाख ३१ हजार ९ सय रुपैयाँ ठगी गरेर फरार भएको रमिला श्रेष्ठले जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उनले बताए ।



प्रकाशित मितिः २०७७ साल मंसिर २२ सोमबार, १९:५६