देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा मुलुकका नीति निर्मातादेखि सर्वसाधारणको बाक्लो चहलपहल हुने गरेको छ ।

तर, सिंहदरबारमा मानिसको मात्रै होईन, कुकुरको समेत बासस्थान बनेको छ ।
सिंहदरबारमा जताततै भुस्या कुकुरको झुन्ड देख्न सकिन्छ ।

यहाँ तीन दर्जनभन्दा बढी कुकुर बस्दै आएका छन् ।

सिंहदरबार काठमाडौं महानगरपालिकाले कुकुर व्यवस्थित क्षेत्र घोषणा गरेको ठाउँ हो । तर, यहाँ कुकुरको झुन्डा हटेको छैन ।
मंगलबार दिउँसो सिंहदरबार पुग्दा ठाउँठाउँमा कुकुरहरुको झुन्ड ठाँउठाउँमा देखिन्थ्यो ।

वन तथा वातावारण मन्त्रालयको अगाडि रहेको ज्ञानेश्वर मन्दिरमा तीन वटा कुकुर देखिए ।


। नागरिक दैनिकमा समाचार छ ।