पोखरा/मुस्ताङः लगातार हिउँ पर्दा गण्डकी प्रदेशका हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ । हिमालपारिको जिल्ला भनेर चिनिने मनाङमा बिहीबारदेखि नै हिमपात भइरहेको छ ।

बिहीबार बिहान हिउँ परेको मनाङमा बेलुकी केही रोकिए पनि शुक्रबार बिहानदेखि फेरि हिमपात सुरु भएको छ । मुस्ताङमा पनि शुक्रबार बिहानैदेखि हिमपात भएको छ ।

हिमपात यो सिजनको पहिलो हो । हिमपातले किसान खुसी भए पनि चिसो बढेकोले जनजीवन भने प्रभावित भएको छ । पर्यटकीय क्षेत्र मनाङ र मुस्ताङमा हिमपातले पर्यटन गतिविधि ठप्प भएको छ । गाडी चलाउनसमेत समस्या भएको छ । मनाङमा धारापानीसम्म मात्र गाडि चलेका छन्।


। मुस्ताङमा हवाईसेवा अवरुद्ध भएको छ ।

चिसो बढेपछि स्थानीय घरबाहिर निस्कनसमेत सकेका छैनन् । सदरमुकाम र आसपासका डाँडा बाक्लो हिमपातले सेताम्मे छन् । मनाङका प्रहरी प्रमुख डिएसपी टीकाबहादुर कार्कीका अनुसार सदरमुकाम चामेमा चार सेन्टिमिटर र केही माथिको हुम्देमा आठ सेन्टिमिटर बाक्लो हिउँ जमेको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।


प्रकाशित मितिः शनिबार, मंसिर २८, ०६:५८