बुटवलः बिहानदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा पहिरोमा परी १ जनाको मृत्यु भएको छ।

पहिरो खसेको स्थानबाट बाटो काट्न लाग्दा माथीबाट आएको ढुंगाले लागेर तिनहुँ खोलामा खसेका पाल्पा मस्यामका मोहन रेश्मीको मृत्यु भएको हो ।

उनीसहित रहेका चारजना मध्ये ३ जनाले पहिरो पार गरेको र उनले पार गर्न लाग्दा माथिबाट आएको ढुंगाले लागेर उनी खोलामा खसेको बताइएको छ । उनीहरु पाल्पाबाट बुटवल तर्फ आउँदै थिए ।

आज बिहान ३ बजेदखि अवरुद्ध सडक अझै सुचारु हुन सकेको छैन ।