बुटवलः भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्डमा पर्ने सिद्धबाबाको  काम ३ महिना भित्रै सुरु गरिने बताएका छन् ।

बुटवल–पाल्पा सडकखण्डको स्थलगत अवलोकन लागि त्यहाँ पुगेका महासेठले उक्त सडक खण्डको अवस्था तत्काल सुधार गर्न निर्देशन समेत दिएका छन् ।

मन्त्री महासेठले सरकार सडकको एम्बुस हेरेर बस्न नसक्ने बताउँदै उनले भने, ‘सिद्धबाबा सडकखण्ड एम्बुसजस्तै भएको रहेछ। सुरुङ्गमार्ग वा पहाड काट्ने मध्ये राम्रो विकल्प रोज्नेछौं, एम्बुसबाट बचाउनको लागि प्राविधिकको सल्लाहमा तीन महिनाभित्र काम सुरु हुन्छ।


।’