पाल्पाः बुटवल-पाल्पा सडक खण्ड सिद्धबाबा नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका ३ हेडबक्स भन्ने स्थानमा पहिरो खस्दा आइतबार राती ११ बजेदेखि सडक अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको  प्रहरीले जनाएको छ ।

वर्षा भइरहेकाले पहिरो पन्छाउन गाह्रो भएको प्रहरीले जनाएको छ ।

सडक अवरुद्ध भएससंगै पाल्पा हुँदै विभिन्न जिल्लाबाट बुटवलतर्फ आइरहेका सयौं सवारीसाधन र हजारौं यात्रुहरु सडकमै रोकिएका छन् ।

बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका स्थानतर्फ जाने सवारी साधन र यात्रु मर्कामा परेका छन् ।