नेपाल तारा:  वर्षा सगै पाल्पा सिद्वबाबा क्षेत्रमा गएको पहिरोका कारण सिद्वार्थ राजमार्गको बुटवल पाल्पा सडक अबरूद्व छ ।
शुक्रबार राति पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल९दोभान सडक खण्डको यातायात सेवा अवरुद्ध भएको छ । निरन्तर पहिरो झरिरहेका कारण डोजर लगाउन समस्या भएको दोभानको प्रहरीले बताएको छ ।

पहिरोको कारण पाल्पातिरबाट बुटवल आउँदै गरेका र बुटवलबाट पाल्पा, हुँदै गुल्मी, स्याङ्जा, पोखरा, बागलुङ हिँडेका सवारी साधन र यात्रुहरु बीचमै रोकिएका छन् ।

वर्षा नरोकिएकाले डोजर चलाएर पहिरो पन्छाउन ढिलाइ भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।


। सडक कति बजे खुल्छ भन्ने यकिन नभएकाले अवस्था बुझेर मात्र यात्रा गर्न समेत प्रहरीले सुझब दिएको छ ।