सिन्डिकेट अन्त्यका लागि कदम चाल्दै आएका यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईलार्इ मन्त्रालय तानिएको छ । सिन्डिकेट पक्षधर यायायात व्यवसाईको दबाबमा भौतिक पुर्बधार तथा यातायातमन्त्री रघुबीर महासेठले भट्टराईलार्र्इ मन्त्रालय तानेका हुन् ।
भट्टराईलाई सिन्डिकेट अन्त्यका लागि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थाहाको सहयोग रहेका कारण महासेठले शुक्रबार प्रधानमन्त्रीसंग भेट गरी भट्टरार्इका कारण आफुलार्र्इ सिन्डिकेट अन्त्य गर्न असहज भएको भन्दै उनको सरुवा गर्न स्वीकृति मागेका थिए । प्रधानमन्त्रीको स्वीकृति सँगै महासेठले भट्टराईलार्इ हाजिर हुन पत्र पठाएका छन् ।
।
भट्टराईलाई पठाइएको पत्रमा बिशेषकामका लागि मन्त्रालय हाजिर हुन भनिएको छ तर भट्टाईले गरेको गल्तिका बारे कुनै पनि कुरा पत्रमा खुलाइएको छैन । सिन्डिकेट हटाउनका लागि अत्यन्तै कडारुपमा प्रस्तुत हुँदै आएका भट्टराईलार्र्इ यातायात व्यवस्था विभागबाट हटाउनकालागि व्यवसायीले दबाब दिन आएका थिए, दबाब थेग्न र त्यस बिरुद्ध आफुले अन्य कुनै कदम चाल्न नसकेपछि महासेठले भट्टराईलाई मन्त्रालय तानेको खबर आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ ।
मन्त्रालयको उच्च स्रोतले कानुनी र कागजी रुपमा सिन्डिकेट अन्त्य भएपनि ब्यबहारिक रुपमा अन्त्य नभैसकेको अवस्थामा व्यवसायीको स्वार्थपूर्ति गर्दै सिन्डिकेट पुनः ब्यूँताउने खेलमा भट्टराईलाइ महासेठले मन्त्रालय तानेको बताउँछ ।
१३ महीना अगाडी यातायात ब्यवस्था विभागमा महानिर्देशकका रुपमा आएका भट्टराईले यातायात विभागलार्इ ब्यवस्थित बनाउँदै लगेका थिए । उनले स्मार्ट लाइसेन्स तथा इम्बोस्ड नम्बर प्लेट जडान लगायतमा देखा परेका समस्यालाई सुल्झाइसकेका थिए ।
तर मन्त्री महासेठले बिशेष कामकालागि मन्त्रालय तानिएको भनेका छन् भने सचिव मधुसूधन अधिकारीले सार्बजनिक यातायात क्षेत्रमा रहेको सिन्डिकेटको अन्त्यका लागि अझ प्रभाबकारी ढंगबाट काम गर्दै जाने वातावरण सिर्जना गर्नका लागि मन्त्रालय तानिएको बताएका छन् ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook