काठमाडौंः सरकार यातायात सिन्डिकेट अन्त्यको विरुद्धमा रहेका यातायात व्यवसायीमाथी कडा रुपमा उत्रिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले दिएको निर्देशनसँगै आज देशभरका सार्वजनिक सवारीसाधन बन्द गराएका यातायात व्यवसायी धमाधम पक्राउ परेका छन् ।

सिन्डिकेट पक्षका यातायात व्यवसायी समितिका पदाधिकारीहरुको सम्पत्ति पनि छानबिन गर्ने सरकारले निर्णय गरेको गृहमन्त्री राम बहादुर थापाले बताएका छन् ।

सवारी सञ्चालन नगर्ने यातायात महासंघ, समितिहरुको बैंक खाता रोक्का गर्न अर्थ मन्त्रालयमार्फत नेपाल राष्ट्र बैंकमा यातायात व्यवस्था विभागले लेखी पठाउनसमेत निर्देशन दिइएको जनाइएको अवस्थामा आज प्रहरीले व्यवसायीहरुलाई पक्राउ गरेको हो ।


नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलासहित देशका विभिन्न स्थानबाट यातायात समितिका पदाधिकारी पक्राउ परेका छन् ।

को को छन् त आज पक्राउ परेका व्यवसायीहरु–

– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला
– पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्ष जीवन कुमार बञ्जाडे
– पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्ष अकोस श्रेष्ठ
– पश्चिम नेपाल बस व्यवसायी समितिका महासचिव पदमराज
– यस्तै सिद्धार्थ यातायात समितिका चन्दन आले, प्रकाश श्रेष्ठ, रवि खाती क्षेत्री
– बुटवल यातायात समितिका जितेश गुरुङ्ग
– पूर्वाञ्चल यातायात संघका अध्यक्ष सरोज श्रेष्ठ
– पूर्वाञ्चल यातायात व्यावसायी संघका उपाध्यक्ष मोहनमणि बराल
– कोशी बस व्यवसायी संघका महासचिव नेत्र थापा
– नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष कृष्ण सुवेदी
– सप्तकोसी बस व्यवसायी संघका सचिव हरि थापा
– संयुक्त बस व्यवसायी संघका अध्यक्ष नरेन्द्र पोमु
– कोशी बस व्यावसायी संघका उपाध्यक्ष श्याम पोखरेल
– संयुक्त बस व्यावासयी संघका उपाध्यक्ष पदमसुन्दर लिम्बू
– व्यवसायी राम परियार र राजन कट्टेल
– धौलागिरि अञ्चल यातायात बस व्यवसायी सन्चालक समितिका महासचिव ख्याम लामिछाने
– लमजुङ कालिका सार्वजनिक यातायात सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे
– लमजुङ कालिका सार्वजनिक यातायात सञ्चालक समितिका उपाध्यक्ष विश्रम्भर अर्याल, सचिव मृगेन्द्र घिमिरे र सदस्य रेशम दनाइँ
– तुलसीपुर जिप तथा मिनिबस, बस व्यवसयायी समितिका कार्यबहाक अध्यक्ष डिल्ली भण्डारी
– मेची बस व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद उप्रेती
– हिमाल यातायात संघका कार्यबाहक अध्यक्ष भूपाल ओली
– सगरमाथा यातायात प्रालिका अध्यक्ष खगेन्द्र उप्रेती र निर्देशक बुद्ध तिवारी,
– सगरमाथा यातायात प्रालिका सदस्य राजकुमार पाण्डे र श्याम थापा
– पूर्वी बस व्यवसायी संघका अध्यक्ष केशव गिरी
– सिद्दार्थ यातायात व्यवसायी संघका अध्यक्ष ध्रुब घिमिरे
– नारायणी यातायात व्यवसायी संघ हेंटौडाका कृष्ण न्यौपाने र कृष्ण श्रेष्ठ
– टेम्पो तथा मझौला संघ हेटौंडाका अध्यक्ष ज्ञानेन्द्र कार्की
– स्वर्गद्वारी यातायात व्यवसायी समिति प्यूठानका महासचिव चन्द्रमान श्रेष्ठसहित पाँचजना
– काभ्रे मिनि बस सेवा समितिका उपाध्यक्ष सान्तराम ताम्राकार र सदस्य नरेन्द्र हलुवाइ
–  हेलाम्बु यातायात सेवा समितिका उपाध्यक्ष पुरुषोतम मानन्धर
– पोखरा नगर बस समिति र बागलुङ भगवती जिप समितिसँग आबद्ध ६ जना व्यवसायीहरु लाई प्रकरीले आज पक्राउ गरेको हो ।