यातायातमा सिन्डिकेट खारेज भयो माधव थापाले पत्रपत्रिकामा यस्तैयस्तै शीर्षकमा धेरै समाचार पढे ।

समाचार पढेपछि थापालाई लागेको थियो, सिन्डिकेट खारेज भएछ । अव उपत्यकामा आवतजावत गर्न सहज हुने भयो ।

भक्तपुरका थापा काठमाडौंमा एक बहुउदेश्यीय सहकारीमा काम गर्थे ।

उनी दिनहुँ सार्वजनिक यातायातमा कोचिएर यात्रा गर्नुपर्ने बाध्यतामा थिए । सिन्डिकेट अन्त्य भएको समाचार पढेपछि उनी खुसीले गद्गद् भए सहज तथा सुलभ यात्रा गर्न पाईने भयो भनेर ।

सिन्डिकेट अन्त्य भएको समाचार पढेको एक दुई हुँदै महिना दिन पुग्नै लाग्यो । तर, थापाको यात्रामा भने सिन्डिकेट तोडिएको समाचार पढ्नुअघिभन्दा कुनै भिन्नता आएको छैन ।


भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले वैशाख २४ गते यातायातमा सिन्डिकेट अन्त्य भएको घोषणा गरेका थिए। मन्त्री महासेठले घोषणा गरेको २० दिन बितिसक्दा समेत जनताले सिन्डिकेट अन्त्य भएको महुसस गर्न पाएका छैनन्।

उपत्यकामा साना सवारीसाधन हटाएर ठूला बस चलाउनुपर्ने यातायात क्षेत्रका विज्ञले सुझाव दिँदै आएका छन्। ‘साना सवारीसाधन कम गर्दै ठूला सवारी चलाउन सके जाम कम हुने र सार्वजनिक यात्रा सहज हुन्थ्यो,’ ट्राफिक इन्जिनियर आशिष गजुरेलले बताए ।

हिजो जसरी कठिन यात्रा गर्दै आएको थियो आज पनि त्यसैगरी कार्यलय जानेआउने गर्दैछु । नागरिक दैनिकमा समाचार छ ।