काठमाडौंः काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा भूकम्पको धकका महसुस गरिएको छ ।

आज बिहान ५ः१९ बजे सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकासहित मकवानपुर, चितवन, स्याङ्जालगायत देशका अरु भागमा पनि महशुस गरिएको थियो ।

भूकम्प जाँदा सर्वसाधारण घरबाट बाहिर निस्केका थिए ।


प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७, १०:३४