सिन्धुपाल्चोकः इन्द्रावती गाउँपालिका–१२ ढोटारमा आज बिहान टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इन्द्रावती–१२ कै भाङ्टारका ४७ वर्षीय पञ्चवीर दनुवार रहेको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

प्रहरीका अनुसार ढोटारबाट सिपाघाटतर्फ बालुवा लिएर जाँदै गरेको बा ४ ख ६४२९ नम्बरको टिपरको ठक्करबाट पञ्चवीरको घटनास्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने टिपरसहित चालक मेलम्ची नगरपालिका–१३ का सोम बहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः बिहीबार, मंसिर २६, ११:४५