सिन्धुपाल्चोकः त्रिपरासुन्दरी गाउँपालिका–२ लुङगुरपाबाट भरुवा बन्दुक २ थान सहित दुई जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा स्थानीय ३९ वर्षीय हिरा बहादुर गुरुङ र ३४ वर्षीय टपिन्द्र बहादुर गुरुङ रहेका छन् ।

घरेलु हतियार प्रयोग गरी उनीहरुले जंगली जनावर मारेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट खटिएको प्रहरीले उनीहरुको घर खान तलासी गर्दा टपिन्द्र बहादुरको घरबाट २ थान भरुवा बन्दुक र दुवै जनाको घरबाट मृगको मासु सुकाई राखिएको अवस्थामा फेला पारेको थियो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



प्रकाशित मितिः आइतबार, वैशाख १४, १५:०५