सिन्धुपाल्चोकः ईन्द्रावती गाउँपालिका–८ अलामपुरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४० वर्षीय प्रेम बहादुर सापकोटा रहेका छन् ।

आलमपुरस्थित भित्रि सडकखण्डमा ज्यामिरेबाट आलमपुर तर्फ जाँदै गरेको बा ६० प २६०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट अन्दाजी १०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरी चौकि भिमटारले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १४ शुक्रबार, १८:१३