सिन्धुपाल्चोकः सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० मा यात्रुवाहक बस शुक्रबार बिहान करिब १० बजे दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

भोटसिपाबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस भोटसिपाको तिखु मोडमा दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

दशैं मनाएर फर्कंदै गरेका यात्रु भएकाले बसमा कति सवार थिए भनेर यकिन हुन सकेको छैन ।

हताहतीको संख्या बढ्न सक्ने स्थानीयको आँकलन छ । अहिले उद्धारको काम भइरहेको छ ।

बस सडकबाट दुई सय मिटर तल खसेको छ ।

सिन्धुपाल्चोक बस दुर्घटनाः मृतकको संख्या १० पुग्‍यो (अपडेट)


प्रकाशित मितिः शुक्रबार, असोज २४, ११:१८