सिन्धुपाल्चोकः सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिका–१० बडरे झिल्केमा आज बिहान यात्रुबस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १० पुगेको छ ।

सिपाटारबाट काठमाडौं आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस आज बिहान करिब १० बजे ब्रेक फेल भएर दुर्घटना हुँदा बसमा सवार ६ पुरुष, एक बालक र ३ महिलाको मृत्यु भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

मृतकहरुको सनाखत हुन बाँकी रहेको छ ।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार छ ।

 


प्रकाशित मितिः शुक्रबार, असोज २४, १२:५३