सिन्धुपाल्चोकः सिन्धुपाल्चोकको इन्द्रावति गाउँपालिका–१० बडरे झिल्केमा आज बिहान यात्रुबस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

सिपाटारबाट काठमाडौं आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस आज बिहान करिब १० बजे ब्रेक फेल भएर दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै, एक जनाको उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै र धुलिखेल अस्पतालमा ५ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुने पाँच जनाको सनाखत भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा काभ्रे बनेपाका केदार महाजु, इन्द्रवती गाउँपालिका–९ का हिरा श्रेष्ठ र विनोद लम्साल, इन्द्रावती गाउँपालिकाकै रितेस आचार्य र काभ्रे पाँचखालकी संगिता पुरकोटी रहेका छन् ।


।  बाँकी मृतकको सनाखत भइसकेको छैन।

दुर्घटनाका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।

बसमा दशैं मनाएर काठमाडौं फर्कंदै गरेका यात्रु थिए ।

 


प्रकाशित मितिः शुक्रबार, असोज २४, १३:२८