सिन्धुपाल्चोकः सिन्धुपाल्चोकमा शुक्रबार भएको बस दुर्घटनामा परि मृत्यु हुने ११ जनाकै सनाखत भएको छ ।

सिपाटारबाट काठमाडौं आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस शुक्रबार बिहान करिब १० बजे ब्रेक फेल भएर दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै, एक जनाको उपचारका लागि धुलिखेल अस्पताल ल्याउने क्रममा बाटोमै र धुलिखेल अस्पतालमा ५ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले जनाएको छ ।

दुर्घटनामा परि घाइते हुनेहरुको शिर मेमोरियल अस्पताल बनेपा, धुलिखेल अस्पताल तथा काठमाडौंका विभिन्न अस्पतालमा उपचार भैरहेको छ ।


बसमा दशैं मनाएर काठमाडौं फर्कंदै गरेका यात्रु थिए ।


प्रकाशित मितिः शनिबार, असोज २५, ०८:२१