सिन्धुपाल्चोकः इन्द्रावती गाउँपालिका–१० मा शुक्रबार भएको बस दुर्घटनामा परी मृत्यु भएका परिवारलाई गाउँपालिकाले राहत उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले मृतकका परिवारलाई प्रति परिवार २५ हजार रकम राहत उपलब्ध गराउने भएको हो । त्यस्तै घाइतेको उपचारमा गाउँपालिकाले आवश्यक सबै सहयोग उपलब्ध गराउने जनाएको छ ।

दशैं मनाएर सिपाटारबाट काठमाडौं आउँदै गरेको हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको बस शुक्रबार बिहान करिब १० बजे ब्रेक फेल भएर दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो ।

बस सडकबाट २०० मिटर तल खसेको र बस चालकको समेत मृत्यु भएको थियो । केही घाइतेको अवस्था गम्भीर रहेको र मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।


ओभरलोडकै कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।

गाउँपालिकाले बस दुर्घटनाको उद्धारका लागि खट्ने स्थानीयवासी, प्रहरीलगायत सबैलाई धन्यवाद दिएको छ ।


प्रकाशित मितिः शनिबार, असोज २५, ०९:५९