सिन्धुलीः कमलामाई नगरपालिका–७ मा आज दिउँसो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कमलामाई नगरपालिका–७ बासकटेरी बस्ने ६० वर्षीय रुद्रबहादुर थापा, १८ वर्षीय रिता एस्नाली, १९ वर्षीया दुर्गा श्रेष्ठ र उनका ३ वर्षीय छोरा मनिष रहेका छन् ।

सिन्धुलीबजारबाट बासकटेरीतर्फ जाँदै गरेको बा १७ च १११७ नम्बरको जिप अनियन्त्रित भइ पल्टिँदा उनीहरुको मृत्यु भएको हो ।

घाइतेमध्ये जिप चालक र अन्य एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि धुलिखेल अस्पताल पठाइएको छ भने अन्यको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।


प्रकाशित मितिः २०७७ साल चैत ३ गते मंगलबार, २०:०८