सिन्धुलीः कमलामाई नगरपालिका–१४ चन्दनपुरमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ५० वर्षीय यज्ञ बहादुर जोगी रहेको प्रहरीले जनाएको छ ।

आइतबार राति साढे ११ बजे कमलामाई नगरपालिका–१४ चन्दनपुर स्थित मदन भण्डारी राजमार्गमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा जोगीको घटनास्थलमै मृत्यु भएको हो ।

फरार रहेको सवारी साधनको खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय भिमानले जनाएको छ ।


प्रकाशित मितिः सोमबार, असार २२, २०७७, २१:१७