सिन्धुलीः दुधौली नगरपालिका–४ पचरुखीमा सोमबार साँझ मिनी ट्रकको ठक्करबाट ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुधौली नगरपालिका–११ का २२ वर्षीय विनोद मग्रान्ती रहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

ओभरटेक गर्ने क्रममा ना ८ ख ६२२१ नम्बरको मिनी ट्रकले स १ त ७६७६ नम्बरको ट्याक्टरलाई ठक्कर दिँदा गम्भीर घाइते भएका मग्रान्तीको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुवै सवारी साधन र मिनी ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः मंगलबार, फागुन २०, ०८:५०