भक्तपुरः बढ्दो बातावरण प्रदुषण न्युनिकरणका लागि भक्तपुरको सुर्यबिनायक नगरपालिका–८ को सगोल युवा समाजले सार्वजनिक स्थानमा डस्टबिन राखेको छ ।

सफा सुन्दर सिपाडोल हाम्रो अभियानका साथ आज समाजले सिपाडोलका ४० स्थानहरुमा डस्टविन राखेको हो । यस्का साथै समाजले सिपाडोलको मालिगाउँको सिंगल ट्रिको वरिपरि सरसफाई गरिएको क्लबले जनाएको छ ।

साथै टोलबासीलाई अनावश्यक रुपमा फोहोर नफाल्न समेत आग्रह गरिएको छ । फोहोरलाई डस्टबिन वा निश्चित स्थानमा व्यवस्थापन गर्न अनुरोध गरिएको छ ।

समाजले गत साता रक्तदान कार्यक्रम गरेको थियो ।



प्रकाशित मितिः २०७७ साल कार्तिक १ शनिबार, १९:१७