भक्तपुरः सिर्जनसिल युवा समाज सिपाडोलको आयोजना आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

सुर्यबिनायक नगरपालिका वडा नं. ८ को वडा कार्यालय, नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखा र निक भुजिकिक हाउजिङ प्रा. लि. को सहयोगमा डोलेश्वर भिलेज रिसोर्टको प्राङ्गणमा संचालित रक्तदान कार्यक्रममा १० महिला र १०९ पुरुष गरी कूल ११९ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेको समाजका कोषाध्यक्ष मनोज के.सी.ले जानकारी दिए ।

लकडाउनको समयमा हुनसक्ने रगतको असहजतालाई मध्यनजर गर्दै सिपाडोल रेडक्रस उपशाखासँग समन्वय गरी मानवीय सेवा कार्य अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए ।


उनले कोभिड–१९ को महामारीका कारण लकडाउनको अवस्थामा पनि सामाजिक दुरी कायम गरी सुरक्षाका उपाय अवलम्बन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।

तस्विरः फेसबुकबाट


प्रकाशित मितिः शनिबार, जेठ १७, १८:५२