भक्तपुरः सिपाडोल क्षेत्र परोपकार समाजको आयोजना आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाको सहयोगमा सिपाडोलको माझपाटी, दथुफल्चामा संचालित रक्तदान कार्यक्रममा २६ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन् ।

रगतको असहजतालाई मध्यनजर गर्दै मानवीय सेवा कार्य अन्तर्गत रक्तदान कार्यक्रमको आयोजना गरिएको रेडक्रस उपशाखाका सभापति राकेश थापाले बताए ।

उनले कोभिड–१९ को महामारीका कारण लकडाउनको अवस्थामा पनि सामाजिक दुरी कायम गरी सुरक्षाका उपाय अवलम्बन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए ।


प्रकाशित मितिः शनिबार, असार ६, २०७७, १९:०८