भक्तपुरः सिर्जनसिल युवा समाज सिपाडोलको आयोजना आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

डोलेश्वर भिलेज रिसोर्टको प्राङ्गणमा संचालित रक्तदान कार्यक्रममा १ महिला सहित कूल ४३ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेको रेडक्रस उपशाखाका सभापति राकेश थापाले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड–१९) का कारण हुन गइरहेको रगत अभावलाई केही मात्रामा भए पनि परिपूर्ती गर्न रक्तदान आयोजना गरिएको समाजका सदस्य मनोज के.सी.ले जानकारी दिए ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १ शनिबार, १७:१२