भक्तपुरः सिपाडोल युवा समाजको आयोजना आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी सिपाडोल उपशाखाको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ८ जना महिलासहित कूल ५६ जना रक्तदाताले रक्तदान गरेको रेडक्रस उपशाखाका सभापति राकेश थापाले जानकारी दिए ।

सामाजिक दुरी कायम गरी सुरक्षाका उपाय अवलम्बन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएको उनले बताए ।


प्रकाशित मितिः मंगलबार, असोज ६, २०७७, १७:३०