भक्तपुरः सिपाडोल क्षेत्र परोपकार समाजद्वारा मजदुर र विपन्न व्यक्तिलाई निःशुल्क खाना खुवाइने कार्य जारी रहेको छ ।

शनिबारदेखि सुरु भएको यो अभियान भोलि बुधबारसम्म सञ्चालन हुने समाजले जनाएको छ ।

समाजले जगाती प्रहरी चेकपोस्ट अगाडी मजदुरहरुलाई निःशुल्क खाना खुवाउने, स्वास्थ्य परिक्षण गर्ने तथा टेन्ट हालेर विश्राम स्थलको निर्माण गरि आराम गर्ने र गाडीको समेत व्यवस्थापन गरेको समाजका सचिव बोजबहादुर थापाले जानकारी दिए । यसैगरी विपन्न व्यक्तिहरुलाई समेत निःशुल्क खाना खुवाइएको उनले बताए ।

समाजले उनीहरुलाई महानगरीय प्रहरी वृत्त जगातीले समन्यवमा आफनो गन्तव्य तर्फ जान चाहनेहरुका लागि गाडीको व्यवस्थापन गरी गन्तव्यतिर लैजाने गरिएको सचिव थापाले नेपालतारा डटकमलाई जानकारी दिए ।


शनिबारदेखि सुरु भएको यो अभियानमा अहिलेसम्म करिब ८ सय जनालाई आ–अफनो गन्तव्य तर्फ पठाइएको उनले बताए । उनका अनुसार शनिबार ११३ जना, आइतबार ३०० जना र सोमबार ४०० जनालाई आ–आफनो गन्तव्य तर्फ पठाइएको छ ।

यसैगरी शनिबार करिब १५० जनालाई, आइतबार करिब ५०० जनालाई, सोमबार ५०० जनालाई र आज मंगलबार बिहान २०० जनालाई खाना खुवाइएको समेत उनले जानकारी दिए । यसैगरी आजै बनेपामा रहेका ४०० मजदूर तथा विपन्न व्यक्तिहरुलाई यहाँबाट खाना प्याकिङ गरी पठाईएको उनले बताए ।

यो अभियानका बारे बजारमा गलत सन्देश गएको भन्दै समाजका अध्यक्ष मणिरत्न बज्राचार्यले यो कार्य सिपाडोल क्षेत्र परोपकार समाजले विशुद्ध समाजसेवाका हेतुले गरेको बताए ।

समाजले ब्यवस्थापन गरेको यो अभियानलाई सहयोग गर्नेहरु पनि आइरहेका छन् ।

 

</a


प्रकाशित मितिः मंगलबार, वैशाख ९, १२:४६