काठमाण्डौं: चालू आर्थिक वर्षको १० महिनाको तथ्यांकअनुसार मुलुकमा ५९ हजार पाँच सय ४४ केजी सियो आयात भएको छ । जसबाफत ८० लाख रुपैयाँ बुझाउनुपरेको छ ।

विश्वका विभिन्न आठ देशबाट कपडा सिलाउन, बुन्न र मेसिनमा प्रयोग हुने फलाम र स्टिलको सियो आयात भएको भन्सार विभागको विवरणमा उल्लेख छ।

आयात भईरहेका सियो, टुथ पिक, ट्वाईलेट पेपर, चक,  थ्रुट ब्रस, स्यानेटरी प्याड, धनिया, जौ, पानीजस्ता सामान्य सामानको नाम लेख्दै जाने हो भने लामै सुची हुन्छ ।

भन्सार विभागले हरेक महिना सार्वजनिक गर्ने आयाात निर्यातको विवरण हेर्ने हो भने करोडौँ रुपैयाँका अति सामान्य वस्तुहरु आयात भईरहेको देखिन्छ ।


मुलुकले भारत, चीन, जापान, दक्षिण कोरिया, थाइल्यान्ड, जर्मनी, नेदरल्यान्ड, टर्की र अमेरिकाबाट सियो आयात गर्छ । दस महिनामा भारतबाट सबैभन्दा धेरै १० हजार ६ सय पाँच केजी सियो आयात भएको छ ।

जसको मूल्य ४३ लाख १५ हजार छ । भारतभन्दा झन्डै आधा पाँच हजार एक सय ९७ केजी सियो ११ लाख ३३ हजार मूल्य तिरेर चीनबाट ल्याइएको छ । त्यस्तै ‘स्विङ मेसिन निडल’ शीर्षकमा २२ लाख ५० हजार मूल्यको चार हजार नौ सय ८१ केजी सियो आयात भएको छ। नागरिक दैनिकमा समाचार छ ।