सिराहाः सिराहामा कटुवा पेस्तोल सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

सखुवानानकारकट्टी गाउँपालिका–३ परियारपुर बस्ने ५५ वर्षीय बालेश्वर यादवलाई १ थान कटुवा पेस्तोल र सोको १ राउण्ड गोली सहित प्रहरीले मंगलबार बेलुका पक्राउ गरेको हो ।

बालेश्वरको घरमा हातहतियार राखेको छ भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेशवारी र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले उनको घरमा तलासी लिँदा झोलामा लुकाई राखेको अवस्थामा उक्त पेस्तोल र गोली फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख ८ गते बुधबार, २०:५९