सिराहाः सिराहा नगरपालिका–९ मा आज ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिराहा नगरपालिका–८ स्थायी ठेगाना भएका बिनोद खेरवारका ९ वर्षीय छोरा पप्पु रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज मध्यान्ह १२ बजे साइकलमा खेलिरहेका बालकलाई स १ त ६७३९ नम्बरको ट्याक्टरले ठक्कर दिएको हो । गम्भिर घाइते भएका उनको उपचारको क्रममा सप्तऋषी अस्पताल लाहानमा दिउँसो १ बजे मृत्यु भएको हो ।

ठक्कर दिने ट्याक्टर र चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः सोमबार, मंसिर १६, १६:०४