सिराहाः धनगढीमाई नगरपालिका–१ मेदनी पुलमा आज बिहान मोटरसाइकल अनियन्त्रीत भइ पल्टिँदा चालक नेपाली सेनाका जमदारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा खोटाङको हौचुर घर भएका जमदार ३७ वर्षीय पेशल पाण्डे रहेका छन् ।

आज बिहान ५ बजे को २२ प २९४४ नम्बरको मोटरसाइकल अनियन्त्रीत भइ दुर्घटना हुँदा गम्भीर घाइते भएका पाण्डेको उपचारको क्रममा राम कुमार सारदा उमा प्रसाद मुरारका स्मारक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, भदौ ३१, २०७७, ११:०२