सिराहाः सिराहा नगरपालिका–२२ मा आज बिहान स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय नरेश कुमार सिंहको २ वर्षीय छोरा पंकज रहेको इलाका प्रहरी कार्यालय अर्नामाले जनाएको छ ।

आज बिहान पौने ११ बजे घ १ ख ३५७ नम्बरको बसले बालकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।

बस चालक फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः आइतबार, चैत २, १२:३८