काठमाडौं: देशभरका विभिन्न भागमा कोरोना संक्रमण बढि रहेको भन्दै प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले पनि आफ्ना परीक्षा र कार्यक्रमहरु तत्कालको लागि स्थगित गरेको छ ।

सीटीईभीटीले आज सूचना जारी गर्दै आफ्नो क्षेत्र अन्तर्गतका सम्पूर्ण परीक्षा तथा कार्यक्रम अर्का सूचना जारी नभएसम्मको लागि स्थगित भएको जानकारी दिएको छ ।

राष्ट्रिय सीप परीक्षण समिति, प्राविधिक प्रशिक्षण प्रतिष्ठान लगायत देशभर हाल सञ्चालन भईरहेका सैद्धान्तिक एवं प्रयोगात्मक परीक्षा र छोटो अवधिका तालिम कार्यक्रमहरु अर्का सूचना नआउँदा सम्मको लागि बन्द भएको जारी सूचनामा उल्लेख गरिएको छ ।



प्रकाशित मितिः २०७८ साल वैशाख १४ गते मंगलबार, १५:१७