काठमाडौंः सीता एयरको ‘९ एन–आई–इ’ विमान चालक दलका होसियारीका कारण शनिबार ठूलो दुर्घटना हुनबाट बचेको छ ।

आज बिहान रामेछापको मन्थलीबाट सोलुखुम्बुको लुक्ला उडेको सीता एयरको टुइनअटर विमानको पखेटामा चरा ठोक्किएपछि मन्थली विमानस्थलमै आकस्मिक अवतरण गरेसँगै ठूलो दुर्घटना हुनबाट बचेको हो ।

लुक्लाका लागि उडिसकेको विमानमा चरा ठोक्किएपछि विमान पुनः मन्थली एयरपोर्टमै अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

विमानमा रहेका १३ यात्रु र चालक दलका तीनजना सदस्य सकुशल रहेको पनि प्रहरीले जनाएको छ ।

 


प्रकाशित मितिः शनिबार, असोज २५, ११:०४