काठमाडौँ: प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र भारतको सीमाको समस्या अन्तर्राष्ट्रियकरण गर्ने बेला नभएको बताएका छन्। उत्तेजना फैलाएर समस्या समाधान नहुने उनले बताए ।

संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ‘लिम्पियाधुरा महाकालीको मुहान हो । महाकाली नदी सीमा नदी हो’ भन्ने प्रष्ट रहेको बताए । यसमा कुनै कन्फ्युजन नरहेको भन्दै उनले प्राप्त प्रमाणहरु संकलन गरेर भारत सरकारसँग गम्भीर वार्ताबाट समाधान गर्नुपर्ने बताए ।

‘सीमा समस्या अहिल्यै अन्तर्राष्ट्रियकरण गर्ने समय भएको छैन,’उनले भने, ‘अन्तर्राष्ट्रियकरण गर्‍यो भने झन् समस्या पैदा हुन्छ।


।’ उत्तेजना फैलाएर समस्या समाधान नहुने उनले तर्क गरे।


प्रकाशित मितिः कार्तिक २५, सोमवार, १४:०३