काठमाडौंः नेपाल र मित्रराष्ट्र चीनबीचको सम्बन्ध प्राचीन कालदेखि नै सुमधुर रहँदै आएको समाचार आजको गोरखापत्रले पहिलो पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, व्यापारिक तथा जनस्तरमा मात्र सीमित नभई यी दुवै देशबीचको सम्बन्ध सरकार स्तरमा पनि सबल र सुदृढ रहँदै आएको छ ।

चीन र नेपालबीचको आधुनिक सम्बन्धको चर्चा गर्दा नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको चीनको औपचारिक भ्रमण ऐतिहासिक र उच्चस्तरको रहेको थियो । बीपीको चीन भ्रमणपछि चीनका राष्ट्रपति चाउ एन लाईले नेपालको राजकीय भ्रमण गरेका थिए ।

नेपाली काँग्रेस र चीनबीचको सम्बन्ध बीपीको पालामा मात्र सुदृढ भएको होइन, गिरिजाप्रसाद कोइरालाले पनि त्यसलाई निरन्तरता दिए ।


। उनको चीन भ्रमण पनि उल्लेखनीय रह्यो । उनले नेपाल र चीनबीचको भ्रमणलाई उच्च प्राथमिकतामा राखेर चीनको औपचारिक भ्रमण गरे । भ्रमणमा चीनको स्वशासित क्षेत्र तिब्बतमा पनि गएर एक चीन नीतिको पक्षमा नेपाल रहेको स्पष्ट सन्देश दिएर उनी फर्केका थिए । दुई देशबीच उच्चस्तरको भ्रमण हुने र सहयोग आदानप्रदानले दुवै देशबीचको सम्बन्ध राम्रो, दह्रो र बलियो बनाउन सहयोग पुग्यो ।

 


प्रकाशित मितिः शुक्रबार, असोज १७, ०७:०९