काठमाडौंः गायक सुगम पोखरेल र सोना अमात्यको स्वरमा नयाँ गीत ‘मेरो माया करोड’ सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द र संगीत रहेको छ भने साहज शाक्यको संगीत संयोजन छ ।

गीतको भिडियोमा गायिका स्वयंले अभिनय गरेकी छन् । उनलाई सागर लम्साल (बले), गोभिन सिंह बिस्टले अभिनयमा साथ दिएका छन् । बुद्ध थापाले छायांकन गरेका छन् भने भिडियोलाई गम्भीर बिस्टले निर्देशन गरेका छन् ।

सहायक निर्देशनको जिम्मा सुबोल थापाले गरेका छन् । भिडियोमा नवीन निरौलाको सम्पादन र सुबम भुजेलको कोरियोग्राफी रहेको छ । यो गीतको भिडियो गायिकाको आफ्नै अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल चैत १८ गते बुधबार, ११:१८