काठमाडौंः गायिका सुचिंदा श्रेष्ठको आवाजमा रहेको ‘एकचोटी आइदेउन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अमन प्रधानको शब्द संगीत रहेको गीतमा एरेन्ज समेत संगीतकार प्रधानकै रहेको छ ।

रोमान्टिक शैलीको म्युजिक भिडियोमा सृष्टि श्रेष्ठ र सन्जिब थेबे लिम्बु फिचर्ड छन् ।

निसान घिमिरे कस्यपले निर्देशन गरेको म्युजिक भिडियोमा दिव्य क्षेत्रीको मेकअप, उत्सब दाहालको छायांकन रहेको छ । भिडियोको सम्पादन निर्देशक घिमिरेले नै गरेका छन् ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः शनिबार, चैत १, ०८:४२