काठमाडौंः हिन्दुहरुको महान चाड बडादशैं नजिकिए सँगै दशैं तिहार बिशेष गीत भिडियो सार्वजनिक हुने क्रम बढ्न थालेको छ। यसै क्रममा सुजन तिगेला लिम्बु र मेलिना राईको स्वरमा रहेको ‘दशैं तिहार’ गीत भिडियो सार्वजनिक गरिएको छ ।

मिलन चाम्सले निर्देशन गरेको भिडियोमा अभिनेता आर्यन सिग्देल,आँचल शर्मा, सुजन तिगेला लिम्बु, रेबिका गुरुङ र क्षितिज सुबेदी फिचर्ड छन् ।

सुदिप बरालले छायांकन गरेको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी, सन्देश शाहको सम्पादन, जुनीम गहतराजको कलर संयोजन तथा गिरिराज घिमिरेको सहायक निर्देशन रहेको छ ।

भिडियो गायक सुजन तिगेला लिम्बुको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल असोज २७ मंगलबार, १०:२२