हुम्लाः प्रदेश सरकारले हवाई एम्बुलेन्स सहयोग गर्दै शनिबार दिउसो एक सुत्केरी महिलालाइ हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि जिल्ला अस्पतालमा पुर्याएको छ ।

सुत्केरी बेथाले थलिएकी हुम्ला चंखेली गाउपालिका ३ पालिगाउ निवासी २५ बषिर्य कल्पना रोकायाको उद्धार गरिएको हो ।
जिल्ला अस्पताल हुम्लाकाका अनुसार रोकायाले शनिबार अपरान्ह ५ बजेर १ मिनेटमै बच्चा जन्माउन सफल भएको जनाएको छ ।

सिमकोटमा रहेको अस्पताल पुग्न तिनदिन पैदल हिड्नुपर्ने भएकोले प्रदेश सरकारले हवाई एम्बुलेन्स सहयोग गरेको सुत्केरी रोकायाका श्रीमानले बताए । सुत्केरी र बच्चाको स्वास्थ्य अबस्था राम्रो भएको अनिमी सरीता बोहराले जानकारी दिईन ।


। नेपाल समाचारपत्र दैनिकमा खबर छ ।