काठमाडौंः पछिल्लो समय एक पछि अर्को उत्कृष्ट गीत निकाल्दै आएका नेपाली सिनेमा जगतमा चर्चित चलचित्रका सह–निर्देशक सुदिप कुँवरको नयाँ गीत मायाले इशारा बोलको गीत सार्वजनिक गरेका छन् ।

आफ्नै शब्द संगीत रहेको गीतमा स्वयम आफू अनि पछिल्लो समय सांगीतिक क्षेत्रमा निकै रुचाएको आवाज समिक्षा अधिकारीको आवाजमा रहेको गीत दर्शक सामु लिएर उपस्थित भएका छन् ।

चलचित्र क्षेत्रमा सह–निर्देशक गर्दै आएको र अहिले पछिल्लो समयमा आफ्नो एक पछि अर्को उत्कृष्ट गीतमा उनी आफैंले निर्देशक गर्दै आएका छन् भने उक्त गीतमा राम्जी लामिछानेले निर्देशन गरेका छन् ।

भिडियोमा ओवि रायमाझी, अंजली अधिकारी, सुदिप कुँवर र समिक्षा अधिकारीलाई मुख्य भूमिकामा अभिनय गरेका छन् भने गृवानी बस्नेत, नोना कार्की र मिराज अर्याललाई पनि देख्न सकिन्छ ।


मानकृष्ण महर्जनले खिचेको भिडियोलाई दिर्घ खड्काले सम्पादन गरेका हुन् भने राजेन्द्र मोक्तानले रंग संयोजन गरेका हुन् । गीतको भिडियो कुँवरको अफिसियल युटुब च्यानल क्ग्म्क्ष्ए प्ग्ल्ध्ब्च् बाट सार्वजनिक गरिएका छन् ।

गीतमा समाबेश शब्दहरुसँगै संगीत पनि एकदम मन छुने छ । यसभन्दा अगाडिको गीत मायालु जहिले रिसाउने सहकार्य गर्दै आएको समिक्षा र सुदिपको गीतले दर्शक श्रोताको मन जित्न सफल भएको थियो । यस गीतले पनि पहिले जस्तै दर्शक श्रोताको मन जित्ने छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल फागुन १ गते शनिबार, १३:३८