परिचय
पश्चिम नेपालको सेती अञ्चलका ४ पहाडी जिल्लाहरू बझाङ, बाजुरा डोटी र अछाम जिल्लाको संगमस्थलमा अवस्थित छ । यसको क्षेत्रफल २२५ बर्ग किलोमिटर छ । यो बि.स २०४२ असार ९ मा स्थापना गरिएको हो । यो निकुञ्ज नेपालमा रहेका पर्यटकिय क्षेत्र मध्ये राम्रो स्थानमा पर्दछ। समुद्र सतहबाट १,२६२ देखि ३,२७६ मिटर उचाइमा फैलिएको खप्तड क्षेत्रको बीचमा उभिएको छ ।
सुदूर-पश्चिमको भूस्वर्ग भनिने खप्तडमा २२ वटा पाटन घांसे मैदान स-साना गरी २६ वटा ताल रहेका छन् । सुन्दर पाटन त्यहाँको हराभरा ढकमक्क पाटन भरीका सयौं किसिमका फुलहरुले मनै आन्दित बनाउन्छ चराचुरुङीको चिरविर शान्त वातावरणले दु:ख पिडा भुलाउने स्मरणीय स्थान नै खप्तड हो ।
। यसको वरिपरि ५३ वटा थुम्काहरु छन् । जसलाई स्थानीय भाषामा झोती भनिन्छ ।
यो ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ हो । धर्तीको स्वर्गका रूपमा मानिने खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक पर्यटककिय हिसाबले समेत उपयुक्त गन्तव्य हो ।
किम्वदन्ती अनुसार दोस्रो नम्बरका पाण्डव भीमले हलो जोत्दा फालीले फ्याँकेको माटोबाट यी थुम्का बनेका हुन् । पौराणिक कालमा सिद्ध तथा ऋषिमुनीहरूले तपस्या गरेको यस क्षेत्रलाई पुराणमा समेत खेचराद्री पर्वतका रूपमा वर्णन गरिएको छ । खेचर भनेको देबताहरुको बास स्थान र उहाँहरुको घुम्ने तपोभूमी हो । खप्तडका घाँसे मैदान तथा फुलका बगानहरुले बिभिन्न ढुंगाका आकृतीहरुले अचम्म लाग्दा गुफाहरुले समेत यो क्षेत्र देबभूमी भएको प्रमाणित हुदै आइरहेको छ । धार्मिक पर्यटनको ठूलो सम्भावना रहेको यो क्षेत्रमा कौरव र पाण्डवको युद्ध हुँदा पाण्डवले चौध वर्ष वनबास बस्दा केही समय यहाँ बिताएको किम्बदन्ती रहंदै आएको छ ।
खप्तड धार्मिकरूपमा पवित्र मानिनुका साथै ५.५ वर्ग किलो मिटर धार्मिक क्षेत्रका लागि छुटाएको पाइन्छ । यस क्षेत्रमा विक्रम संवत् २००२ मा बझाङी राजा रामजंग सिंहले भारतबाट आएका एक जना साधुलाई कुटी बनाइ खप्तडको घनघोर जङ्गलमा तपस्या समेत गर्न राखेका थिए
उनले यस खप्तडलाई देवभूमीका रूपमा रहेको बताउंदै देश विदेशमा धार्मिक पर्यटनको महत्त्वबारे प्रचार प्रसार गरेपछि यस ठाउँले व्यापक चर्चा पायो । पछि उनी खप्तड बाबाका नामले परिचित बने । खप्तड बाबाले यसै भूमिमा तपस्या गरे उनका भनाई निकै नै उपयोगी र घत लाग्दा छन् । वि.सं. २०५२ सालमा तपस्या गर्दा गर्दै उनको निधन भयो । पौराणिक कालदेखि धार्मिक महत्त्व रहेको यस क्षेत्रमा खप्तड बाबाको बसाइपछि झनै चर्चित बनेको पाइन्छ ।
खप्तडको महिमा
खप्तडमा रहेका २२ वटा ठुल्ठुला पाटन रङ्गीबिरङ्गीका फूलले पर्यटकको मन जित्छ सफल भएको छ । ठूल्ठूला ढुङ्गाका नाग ढुङ्गा, हरिना चरिजेठी बहुरानी, छिन्टे ढुङ्गा, रेयाई घट्ट छ्याई पानी, भिम लौणी, रोटा चौल्थाँइ लागायतका आकृति रहेका छन् । विभिन्न शक्तिपिठ जस्तै सहस्रलिङ्ग, त्रिवेणी, खप्तड बाबा कुटी, खापर दह, शिव मन्दिर त्रिवेणी मन्दिर, माईकाथान, गणेश मन्दिर, त्रिवेणीधाम केदारढुंगाजस्ता धार्मिक स्थल निकै प्रख्यात छन् । त्यस ठाउंमा पूजाआजा गर्नाले मनले चिताएको पूरा हुने विश्वास रहंदै आएको छ । यहां वैशाख, जेठ, असार महिना शुक्लपक्षमा गङ्गा दशहरा मेलामा हजारौं तीर्थयात्री भेला हुने गर्दछन् ।सुदूर पश्चिमका ९ वटै जिल्ला तथा विषेश गरी ४ वटा जिल्लाका भक्त्तजनहरु यहाँ आउँने र रातभर डेउडा नाचगान गरेर बिहान त्रिबेणीमा नुहाई धुवाई गरेर तिर्थालु बाटो लाग्छन् ।
त्रिवेणीघाटमा नुहाए पाप पखालिन्छ भन्ने धार्मीक जनविश्वास पनि रही आएको पाईन्छ । सरस्वती नदी गुप्त बगेकी छिन् भन्ने विश्वास पनि गरिन्छ त्यस्तै युधिष्ठिर स्वर्ग जांदा खप्तड हुंदै गएका थिए भनिन्छ । स्कन्द पुराणमा खप्तडको चर्चा छ । त्यहाँ ‘खेचराद्री’ भनिएको छ । खेचरको अपभ्रंश हुँदै खप्तड भएको मानिन्छ ।
खप्तड पुगेर घुम्नै पर्ने र हेर्नैपर्ने ठाउं खप्तड बाबा कुटी पनि हो । त्यहां बाबाको मूर्तिका साथै बाबाले प्रयोग गरेका केही सामान छन् भने, बाबाले खप्तडमा ५० वर्ष बिताएका थिए । उहांले आफ्ना कृति पनि हामी माँझा छोडर गएका छन् । जसमा धर्मविज्ञान, विचार विज्ञान, स्वास्थ्य विज्ञान, म र मेरो कर्तव्य, नारीधर्म ,पुरुषधर्म, आत्मज्ञान, योग विज्ञान, वेदान्त विज्ञान, आरोग्य विज्ञान लगायत पुस्तक लेखेका थिए । धेरैले सुनेको र घुम्न चाहेको सुन्दर सुदूरपश्चिमको भूमि–खप्तड । अध्यात्मक, योग र ध्यान गर्न लायक गन्तव्य । ठूल्–ठूला पाटन (चौर), दह, जीवजन्तु र हिमाल त्यहाँको सौन्दर्य र प्रकृतिको सुन्दर आँगनमा पुग्दा मन हल्का हुन्छ ।
प्रकृतिले नै रमाइलो बनाएको यस ठाउंमा ठूल्ठूला घांसे मैदान, स-साना ढिस्का र रमाइलो जङ्गल रहेको छ । निकुञ्ज मुख्यालयलाई केन्द्र मानेर त्रिवेणीधाम, खप्तड बाबा आश्रम, खापर दह, सहस्त्र लिंग र घोडा दाउने घुम्न पाइन्छ त्रिवेणीधाम गंगा, जमुना र सरस्वती नदीको संगम हो । खापर दह पनि गज्जबकै छ । त्यसको फन्को मार्न मज्जा आउँछनुका सार्थै साउन भदौं तिर खापर दह नजिक रहेको मन्दिरमा खप्तड छान्नाका बासिन्दाले (छ सय छान्ना) तामझामका साथ डोला ल्याउँने उकालीमा पूजाआजा गरी डोला त्यहि छोडी ठिक एक महिना पछि डोला लिन जाने (ओराली) एकरात त्यहि बसि पूजा गरी डोला ल्याउने गरिन्छ । खापर दहमा रहेको मन्न्दिरको निर्माण पाँचगाउँका थापाले छान्ना बासिको सहयोगमा हालसालै निर्माण गरेका हुन् । सो अवसरमा आम छान्ना बासिले पाटादेवलको सैंनडाँडामा मेला लाग्ने गर्दछ । । त्रिवेणीधाम गंगा, जमुना र सरस्वती नदीको संगम हो । गाईगोरु घोडा रमाउने खप्तडका फांटहरूमा चारैतिर घनघोर जङ्गल र बीचमा ठूल्ठूला फांट छन् । जैविक विविधताले भरिएको यो क्षेत्रमा २०४२ सालदेखि राष्ट्रिय निकुन्ज बनेको छ । यस क्षेत्रको सुरक्षाका लागि २०४७ सालदेखि नेपाली सेनाको खप्तडमा एउटा गुल्म स्थापना गरिएको हो ।
खप्तडको मौसम
खप्तडमा मंसिरदेखि चैतसम्म मौसम परिवर्तन भयो भने जुनसुकै समयमा पनि हिउं पर्न सक्छ । पहिले पहिले हिउँदमा पटक पटक गरी ८/९ फिट हिँउ परेको इतिहास छ । हिँउ थुप्रिएपछि त्यहां जान सारै गाह्रो हुन्छ , पहिला ५ जना नेपाली सेनाका जवान खप्तडको हिउँमा पुरिएर आफनो ज्यान गुमाए थिए । सेनाले बाटोको हिउं पन्छाएर सकेपछि मात्रै माथि जान सकिन्छ । मङ्सिरदेखि फागुनसम्म हिँउले ढकमक्क हुने यस ठाउँमा स्तरीय होटल तथा आवश्यक अन्य पूर्वाधारको अभावमा विदेशी पर्यटकको आगमन केहि मात्रमा भए पनि प्रभावकारी हुन भने सकेको छैन् । । खप्तडमा गर्मि समयमा पनि असाध्यै चिसो हुन्छ तसर्थ न्यानो कपडा अनिबार्य लिनु पर्दछ । मौसम जति बेला पनि परिवर्तन हुन सक्ने हुँदा रेनकोट वा छाता सँगै बोक्नु पर्ने हुन्छ । यि बाहेक ड्राईफुड, डाईरीया, टाउको दुख्ने आदिको औषधी पनि बोक्दा उर्पयुक्त हुन्छ । ८/९ वर्ष पहिले डोटीबाट जाने क्रममा झ्रिकेन माथि उकालोमा लेखलागी बेहोस भएको यर्थाथ अनुभव छ ।
खप्तड कसरी जाने र कति समय लाग्छ ?
काठमाडौंबाट खप्तड जान काठमाडौं बझागं सिधा बस सेवा २४ घण्टा, काठमाडौं धनगढी, धनगढी बझागं बसबाट जान सकिन्छ । पूर्व पश्चिम राजमार्गको कैलाली, अत्तरियाबाट सात नं. प्रदेशका चार वटा जिल्लाहरु मध्ये सबैभन्दा उपयुक्त र एकदमै सजिलो यात्रा पछिल्लो समयमा बझाङको खप्तड छान्ना गाउँपालिका बाट भएको छ । यदि खप्तड जान चाहानु हुन्छ भने धनगढीबाट १२/१४ घण्टाको बसयात्रा बैतडीको खोड्पेबाट आफ्नो निजी सवारी साधान छ वा जीप रिर्जभ गरेर जाँदा अझै सजिलो हुन्छ सोही मार्गबाट ७/८ घण्टाको जीप यात्रा हुंदै तमैल बजार झरेपछि त्यहांबाट ५० मिनेटको जिपयात्रा गरेर खप्तड छान्ना गाउँपालिका लामातोलामा पर्ने दारुगाउँ मेलतडी पुगी ३ घण्टाको पैदल यात्रा र खप्तड छान्ना कै वार्ड नं. ७ गडरायको बाजुराको सिमाना सप्पे विप्पया जिप यात्राबाट पनि पुगिन्छ, त्यस ठाउँबाट लगभग २ घण्टाको हिँडाई पछि आम मानिसले सुनेको घुमेको सुन्दर भुमी रमणीय स्थान खप्तडमा पुगिन्छ ।
खप्तड पुग्ने धेरै बाटो मध्ये डोटीको सिलगढीबाट जाने बाटो पनि रहेको छ। सिलगढी पुग्नका लागि अत्तरियाबाट नौ घण्टाको बस यात्रा गरि सिलगढीमा पुगिन्छ । सिलगढी बाट बग्लेक हुदै झिगराना चेकपोस्ट पूग्ने । त्यसपछि सिधा उकालो गय पछि बीचपानी त्यसपछि ३ घन्टाको सीधा बाटो बाट खप्तड पुगिन्छ । नेपालगञ्जबाट हवाईजहाजबाट डोटीको दिपायलमा उत्रिन पनि सकिन्छ। हेलिकोप्टरको व्यवस्था गर्न सकिन्छ भने सोझै खप्तड अवतरण गर्न पनि सकिन्छ। हामी सानो छदाँ राज बिरेन्द्र शाहा खप्तडको त्रिवेणी धाममा गएको अनुभव आज पनि ताजै छ । सिलगढी साँफेबगर सडकखण्डको खप्तड क्षेत्र जोड्ने सडक निर्माण शुरु भएकाले केही वर्षमा खप्तडको बाहिरी क्षेत्रसम्म गाडी पुग्ने आशा गरिएको छ। यसैबाट खप्तड जाँगरिलाको गन्तव्य हो भन्ने थाहा हुन्छ।
त्यसैगरी धनगढी सम्म जहाज र त्यहाँबाट निजी सवारी भाडामा लिएर पनि जान सकिन्छ । सामान्य यात्रा गर्ने हो भने, बसमा धनगढी र बझाङ, र्फकदा पनि बसमै र्फकने हो भने १० दिनको लागि आफ्नो खर्चको मात्रा अनुसार २५ हजार देखि ३० हजारको हाराहारीमा खर्च हुन्छ । काठमाडौं धनगढी र धनगढी काठमाडौं जहाजमा र धनगढीबाट बझागं वा डोटी र बझागं वा डोटीबाट धनगढी बसमा आउने हो भने अरु पैसा लाग्छ । यो बाहेक खप्तडमा घोडचढीको आनन्द तथा सुबिधा लिने हो, भरिया लिने हो भने खर्च केहि बढन सक्छ । यहाँ बास बस्नका चार धर्मशाला भए पनि तिनको उचित व्यवस्थापन अभाव छ। मेलामा होटल भएपनि प्रसस्त मात्रमा बास बस्ने ठाउँको अभाव रहेको छ । आजभोलि विभिन्न किसिमका संघसंस्थाले चासो देखाएर दुई चार पाल टाँगे पनि प्रभावकारी भएको देखिदैंन ।
कस्ता किसिमका बोटविरुवा पाइन्छन् ।
त्यहां क्यान्सरका लागि अनुमान गरिएको लौठ सल्ला घरको लागि झायाल ढोका बनाउँन अति बलियो मानिन्छ । यसका साथै झुले सल्ला,बाँच, लालिगुराउँसका बोट, गुराउँस, धुपि सल्ला, उतिस, दल्लो, हाँडे, ओखर, मछाइना, घगारु, बकाइनो, चिलाउने, एैसेलु, चिराइतो, पाँच औले, हत्ताजडी,भुतकेश, कटुस, खर्सु, बेउलो निगाला, जंगलमा पाइने फलफूल काफल, गुयाला, चुत्थ्रौ, किरमुणा, बाँको जस्ता अन्य सयौं किसिमका बोटविरुवा पनि पाइन्छन् ।
खप्तडमा पाइने जनावरहरु
खप्तडमा दुई सयभन्दा बढी प्रजातिका सप्तरङीका फूल, ४०० जति बहुमूल्य जडिबुटी, १८ प्रजातिका स्थलधारी जीव, ३७२ प्रजातिका वनस्पति सयौं थरी जातका चराचुङीका साथै कस्तुरी, मृग, काठे भालु, बनेल, चितुवा,व्यासो, रतुवा, लगायतका जनावार पाइन्छन् ।
खप्तडबाट कहाँ देखिन्छ
खप्तड क्षेत्रबाट अपिशैपाल मात्रै होइन, केही भारतीय हिमाल पनि देखिन्छ । सैनिकको केप्प नजिकै रहेको बल्दे जूडि गोरुका जस्तो चुच्चो भएको फेदीबाट टुप्पोसम्म दौडेर पुगे मनले चिताएको पुग्ने मान्याता अनुसार त्यहाँ जाने गर्दछन् । त्यो टुप्पोमा सेनाले काठले बनाएको भियूटावर जस्तो ठाउँबाट बझाङको खप्तड छान्नाका गुरेल, लिग्गां र चुरे पर्वत देन्छि भने बाजुराका काँडा लगाएत अन्य भाग आछामका पूर्तु अन्य भाग यस ठाँउबाट देखिन्छ ।
अहिलेको अवस्थामा खप्तड
सुदूर पश्चिम पर्यटन वर्ष २०७३ भनेर सरकारले घोषण गरे पनि पर्यटनको प्रबद्धमा खासै प्रगति हुँन सकेको छैन् । यस क्षेत्रकै प्रमुख पर्यटकिय गन्तव्य खप्तडमा हुन गइरहेको अन्तराष्ट्रिय साँस्कृतिक तथा धार्मिक पदयात्रा शुभारम्भ भएको छ।
पदयात्रा पछि धार्मिक एबम् पर्यटकीय महिमा बढ्दै जाने अनुमान गरिएको छ।
गंगा दशहरा (यसपालि जेष्ठ १० गते) को अबसर पारि खप्तडमा हुने दश दिने अन्तराष्ट्रिय सांस्कृतिक तथा धार्मिक पद यात्राका लागी प्रसिद्ध तिर्थयात्री प्रमुख जगतगुरु शंकराचार्य सहित सन्त, योगी, आर्चाय कवी, धर्मगुरु, साहित्यकार तथा पत्रकारहरुको खप्तडका लागी प्रस्थान गरेका छन।
नेपाली साहित्य तथा सास्कृतिक प्रतिष्ठान गोदावरी कैलालीको आयोजनामा सुरु हुने खप्तड क्षेत्रको धार्मिक एबम सांस्कृतिक महत्वका बारेमा हालसम्म पनि प्रचार प्रसार नभएकाले यसको बारेमा प्रचार प्रसार गरि देशकै धार्मिक तथा पर्यटकिय गन्तव्य का रुपमा बिकास गर्ने उदेश्य राखेका छौ।
खप्तड छान्ना गाउँपालिकाले आयोजना गरेको बृहत प्रबचन कार्यक्रमको सहभागी भएर ३० गते खप्तड पुग्ने कार्यक्रम समेत रहेको छ। पछिल्लो समयमा खप्तड क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन बिभिन्न प्रयास भएको भएपनि यसको गरिमा र महिमाका बारेमा अझै पनि प्रचार प्रसार हुन सकि रहेको छैन् ।
- रमेश बहादुर थापा
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook