काठमाडौंः कंलकीबाट थानकोटतर्फ गइराखेको बा ३ ख ३८१७ नम्बरको टिपरले सोही दिशा गइराखेको बा ४६ प ४९०३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बुधबार चितवनका सुनिल अधिकारीको मृत्यु भएको समाचार आजको कान्तिपुरले पाँचौं पृष्ठमा छापेको छ ।

समाचारमा लेखिएको छ, मोटरसाइकल पछाडि सवार अधिकारीको घटनास्थलमै मृत्यु भयो भने, चालक हिराबहादुर बानियाँ घाइते भए । बानियाँको ओमसमाज अस्पतालमा उपचार भइरहेको छ । गत भदौमा तीनकुनेबाट गौशालातर्फ जाँदै गरेको टिपरले आइतबार राति सिनामंगलमा मोटरसाइकललाई ठक्कर दिँदा पासाङ भोटेको मृत्यु भयो ।

तीव्र गतिमा आएको टिपरले कार्गो कार्यालयनेर बा ८५प ५६९, बा ३८प २३९३ र ना ४३ प ८७३५ नम्बरका तीनवटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।


। बा८५प ५६९ नम्बरका चालक छाङबुङ भोटे, ना ४३प ८७३५ नम्बरका चालक प्रमोद धिताल घाइते भए भने बा ३८प २३९३ नम्बर मोटरसाइकलका चालक भोटेको मृत्यु भयो ।

उपत्यका ट्राफिक महाशाखाको तथ्यांक हेर्दा साउनदेखि असोजसम्म टिपरकै ठक्करबाट ३ जनाको मृत्यु भइसकेको छ । टिपर र ट्रकको ठक्करबाट मानिसको मृत्यु भएको यो नौलो घटना होइन । प्रत्येक वर्ष टिपर र ट्रकको ठक्करले मृत्यु र घाइते हुनेको संख्या बढ्दो छ ।

 


प्रकाशित मितिः शुक्रबार, असोज १७, ०६:१२