काठमाडौंः टोखा नगरपालिका–९ कुलान्त मार्गस्थित सडकबाट सुनका गहना लुटपाट गरेको अभियोगमा झापा दमक घर भएका १९ वर्षीय तुलसी कटुवाल लगायत ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं नेपालटार बस्ने नुवाकोट किस्पाङ गाउँपालिका–३ घर भएकी २७ वर्षीया महिलाको एक तोलाको सुनको मंगलसुत्र र ५२ लालको सुनको झुम्का लुटपाट गरी लुटेरा फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोगंबुबाट खटिएको प्रहरीले टोखा नगरपालिका–९ स्थित शिवानी गेष्ट हाउसबाट उनीहरुलाई उक्त गरगहना सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
।
प्रकाशित मितिः २०७७ साल मंसिर १८ बिहीबार, १३:३०
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook