काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको छ । बुधबार एकैदिन प्रतितोला २२ सय रुपैयाँ बढेको छ भने चाँदी २० रुपैयाँले बढेको छ ।

मंगलबार ७८ हजार ३ सयमा कारोबार भएको छापावाला सुन बुधबार २ हजार २ सयले बढेर ८० हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८० हजार २ सयमा कारोबार भइरहेको छ ।

पछिल्लो समय सुनको मूल्यले एकपछि अर्को गर्दै नयाँ कीर्तिमान बनाइरहेको छ । आज छापावाला सुनको मूल्यले ८० हजार ५ सयमा पुगेर अहिलेसम्मकै रेकर्ड तोडेको छ ।

चाँदी पनि आज प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रकाशित मितिः बुधबार, फागुन २१, ११:५२