काठमाडौंः आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । मंगलबारको तुलनामा बुधबार बजारमा सुन १ सय रुपैयाँले बढेको हो ।

मंगलबार ७१ हजार ५ सयमा कारोबार भएको छापावाला सुन बुधबार १ सयले बढेर ७१ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७१ हजार ३ सयमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय ५० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः बुधबार, पुस २, १०:५९