काठमाडौंः नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ । शुक्रबारको तुलनामा आज आइतबार सुन प्रतितोला ६ सय र चाँदी १५ रुपैयाँले घटेको हो ।

शुक्रबार ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आइतबार ६ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी पनि आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १४ आइतबार, १०:४४