काठमाडौंः आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

बिहीबार ८९ हजार ८ सयमा कारोबार भएको छापावाला सुन शुक्रबार १ सयले बढेर ८९ हजार ९ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ८९ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी भने आज प्रतितोलामा ५ रुपैयाँले घटेर ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, असार ५, २०७७, ११:१६