काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य चाहिँ घटेको छ । बुधबारको तुलनामा बिहीबार सुन २ सय रुपैयाँले बढेको हो भने चाँदी १० रुपैयाँले घटेको हो ।
बुधबार ८६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बिहीबार २ सयले बढेर ८६ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी भने आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७७ साल चैत १२ गते बिहीबार, ११:०६
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook